HWP

LightBlog
Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts

Wednesday, March 28, 2018

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते रारातालबाट देशबासीलाई सम्बोधन गर्ने

March 28, 2018 0


प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो जानकारी दिएका हुन्।
‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।’
समृद्ध नेपालको मुख्यआधार पर्यटन भएकाले त्यसको प्रवर्द्धनमा सबै क्षेत्र लाग्नु पर्नेमा प्रधानमन्त्रीको जोड छ।

Tuesday, March 27, 2018

त्रिभुवन विमानस्थलबाट ४७ तोला सुनसहित चार पक्राउ

March 27, 2018 0
त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ। 

परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवि महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ।

जसमध्ये सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो। उनीहरुले कतारबाट अवैध रुपमा तस्करी गरेर सुन नेपाल ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। 


उक्त सुनको मूल्य २७ लाख ४८ हजार ६ सय ७५ रुपैयाँ रहेको छ। पक्राउ परेका चारै जनालाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाएको परिसरले जनाएको छ।

Thursday, March 22, 2018

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने तयारीमा

March 22, 2018 0
प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ ।

चैतको चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । भारत भ्रमणको तयारी भइरहेको पुष्टि गर्दै प्रधानमन्त्री निकट स्रोतले, "भन्यो अहिले मिति तय भइसकेको छैन । दुई देशको सहमतिमा छिट्टै घोषणा हुन्छ"।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो।

तपाईलाई के लाग्छ, कृपया प्रतिकृया दिनुहोला‍‍‌।

२०७४ चैत ८,