HWP

LightBlog

Tuesday, March 27, 2018

त्रिभुवन विमानस्थलबाट ४७ तोला सुनसहित चार पक्राउ

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ। 

परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवि महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ।

जसमध्ये सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो। उनीहरुले कतारबाट अवैध रुपमा तस्करी गरेर सुन नेपाल ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। 


उक्त सुनको मूल्य २७ लाख ४८ हजार ६ सय ७५ रुपैयाँ रहेको छ। पक्राउ परेका चारै जनालाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाएको परिसरले जनाएको छ।

No comments:

Post a Comment